Health TV Online
Health TV Online
Health TV Online

कोरियाबाट फर्किएका एक नेपालीमा ‘कोरोना’ आशंका, धरानले पठायो टेकु अस्पताल

कोरियाबाट फर्किएका एक नेपालीमा ‘कोरोना’ आशंका, धरानले पठायो टेकु अस्पताल

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक बिरामीलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा पठाएको छ।

उच्च ज्वरो र घाँटीको दुःखाइका कारण उनी बिहीवार उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा  भर्ना भएका थिए। उनलाई बिहीबार साँझ नै काठमाडौँ पठाएको आकास्मिक कक्षका प्रमुख डा‍. ज्ञानेन्द्र मल्लले जानकारी दिए। उपचारका लागि आएको बिरामीलाई तीन दिनदेखि १०३ डिग्रीसम्म ज्वरो आएको उनले बताए।

धरान–११ घर भएका उनी पाँच दिनअघि मात्र दक्षिण कोरियाबाट नेपाल आएको बताइएको छ। भाइरसको श‌ंका गरेपछि मेडिसिन विभाग र प्रतिष्ठानको विज्ञ टोलीसँगको परामर्शमा उनलाई परीक्षणका लागि टेकु पठाइएको डा‍. मल्लको भनाइ छ।

प्रतिष्ठानमा कोरोना भाइरस भए नभएको परीक्षण गर्ने किट छैन। प्रतिष्ठानले बिहीवार नै अस्पताल निर्देशकको संयोजकत्वमा १२ सदस्यीय र्यापिड रेस्पोन्स टिमसमेत बनाएको छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार