कपिलवस्तुमा जडीबुटी खेती प्रवर्धन कार्यक्रम
कपिलवस्तु : पश्चिम नवलपरासीमा व्यावसायिक जडीबुटीखेती थालिएपछि प्रोत्साहनका लागि सरकारले जडीबुटीखेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ। संघ र प्रदेश सरकारले जडीबुटीखेती प्रवर्धनका लागि बजेट पठाएको डिभिजन वन कार्यालयले जनाएको छ।
प्रदेश सरकारमार्फत सञ्चालन हुने कार्यक्रमअन्तर्गत जिल्लामा पाँच हेक्टरमा जडीबुटी खेती गरिनेछ। यसका लागि चार जडीबुटी कृषक समूह छनोट भएका छन्। समूहसँग सम्झौता गरी कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ।
कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आह्वान भई सामुदायिक वनसहित छ जडीबुटी समूह छनोट भएका छन्। संघीय सरकारबाट प्राप्त कार्यक्रमअन्तर्गत दुई समूहलाई एक\एक लाखका दरले अनुदान दिइनेछ। विशासय सामुदायिक वन उपभोक्ता समूह सुनवल–६ र बर्दघाट– २ र ३ मा जडीबुटी कृषक समूह छनोट भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी प्रज्ञा पौडेलले जानकारी दिइन्।
विशासय सामुदायिक वनले बेलको संरक्षण गर्दै पाँच वर्षदेखि बेलको जुस उद्योग सञ्चालन गर्दै आएको छ। कार्यक्रममार्फत उद्योगले मेसिनरी सामान खरिद गर्नेछ। जडीबुटी समूहले निजी जग्गा भाडामा लिएर मेन्थाखेती गर्न लागेको पौडेलले बताए। मेन्थाखेती गर्न सम्झौता भइसकेको छ।
स्थानीयस्तरमै जडीबुटीको माग बढ्दै गएपछि पश्चिम नवलपरासीका विशेषगरी सामुदायिक वनमा व्यावसायिक जडीबुटी खेती हुँदै आएको छ। जिल्लाको बर्दघाट–२ स्थित चिसापानी सामुदायिक वनले उद्योग सञ्चालन गरी स्थानीयस्तरमा पाइने जडीबुटीबाट सुगन्धित तेल उत्पादन गर्दै आएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित