पोखरामा बन्दै त्रिविको शिक्षण अस्पताल
कास्की : गण्डकी प्रदेशको राजधानी पोखरामा त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याउने भएको छ। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको पोखरा नर्सिङ क्याम्पसले शिक्षण अस्पताल खोल्न लागेको हो ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बिहीवार अस्पताल भवन शिलान्यास गरे। क्याम्पसले ३०० शय्या भएको सुविधासम्पन्न अस्पताल बनाउन लागेको जनाएको छ। २३ रोपनी १२ आना जग्गामा एक अर्ब २६ करोड लागतमा अस्पताल भवन बनाउन लागेको क्याम्पस प्रमुख नीता ताम्राकारले बताइन्।
त्रिविले राजधानी काठमाडौँपछि पहिलोपटक पोखरामा शिक्षण अस्पताल स्थापना गर्न लागेकाे हो। क्याम्पसले आगामी पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ।
३०० शय्याबाट अस्पतालको सेवा शुरु गरेर भविष्यमा ५०० शय्या पुर्याउने योजना रहेको ताम्राकारले जानकारी दिइन्। शिक्षण अस्पतालमा नर्सिङका साथै पछि एमबिबिएस, एमडीसम्मको अध्यापन गर्ने लक्ष्य रहेको उनकाे भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण