मिर्गौलारोगले थलिएका शिक्षकलाई विद्यार्थीको सहयोग
झापा : शिक्षक मिर्गौला रोगले थलिएपछि विद्यार्थीले रकम संकलन गरी प्रदान गरेका छन्।
अर्जुनधारा नगरपालिका–५ फूलबारीका भानु माध्यमिक विद्यालयमा अध्ययनत पूर्वविद्यार्थीले विद्यालयका पूर्वप्रधानाध्यापक ताराप्रसाद सञ्जेललाई तीन लाख तीन हजार २१५ रुपैयाँ प्रदान गरेका हुन्।
विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका मेची भन्सार कार्यालय झापाका प्रमुख कर अधिकृत ध्रुवराज विश्वकर्माले नगद हस्तान्तरण गरे।
पूर्वविद्यार्थी देवराज बुढाथोकीले प्रधानाध्यापक सञ्जेलले आफूहरुलाई शिक्षाको ज्योति छरेर आफूहरूलाई सक्षम बनाउने गुरूलाई सहयाेग गर्नु कर्तव्य भएकाे बताए। विद्यालयका पूर्वविद्यार्थी तथा अर्जुनधारा नगरपालिका–५ का वडाध्यक्ष ध्यानवहादुर भारतीले सहयोग गर्न आग्रह गरे।
पूर्वप्रधानअध्यापक सञ्जेलले असल संस्कार हराइरहेका वेला अरुलाई समेत प्रेरणा हुनेगरी देखाएको सद्भावले खुशी भएको बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित