कोरोना भाइरसविरुद्धको खोप प्रयोगयोग्य हुन तीन महिना लाग्ने
चिनियाँ अधिकारीहरूले कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा ल्याउन तीन महिना लाग्ने बताएका छन् ।
चिनियाँ विषेशज्ञ लि लाङजुनले कम्तीमा तीन महिनामा खोप परीक्षणमा ल्याउन सकिने आशा गर्न सकिने जानकारी दिएका हुन्।
‘हामी अहिले कोरोना भाइरसका पाँच स्वरूप छुट्याउन सफल भएका छौँ’, उनले भने, ‘यसमध्ये दुई यसको खोप निर्माणका लागि उपयोगी देखिएका छन्।’
चिनियाँ समाचार संस्था सिन्ह्वासँग कुरा गर्दै लाङजुनले खोपको विकासका लागि प्रक्रियागत काम भइरहेको बताए।
कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म २१३ जनाको ज्यान गइसकेको छ भने आठ हजार मानिस संक्रमित भएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण