Health TV Online
Health TV Online
Health TV Online

प्रदेश ५ मा जनस्वास्थ्य प्रयोगशाला कार्यालय स्थापना

प्रदेश ५ मा जनस्वास्थ्य प्रयोगशाला कार्यालय स्थापना

रूपन्देही : बुटवलको रामनगरमा ‘प्रदेश जनस्वास्थ्य प्रयोगशाला’स्थापना गरेको छ ।

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले बिहीबार प्रयोगशाला उद्घाटन गरे। उनले मन्त्रालयले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको बताए।

मन्त्रालयका सचिव डा. गोपीकृष्ण खनालले तीन तहका सरकार मिलेर स्वास्थ्य सेवालाई एकीकृत ढंगले लैजान आवश्यक रहेको धारणा राखे। तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले प्रदेशस्तरीय प्रयोगशालाको लागि तिलोत्तमा नगरपालिका जग्गा दिन तयार रहेको बताए।

प्रयोगशाला कार्यालयका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले कार्यालयमा अहिले १२ जनाको दरबन्दी रहेको जानकारी दिँदै केही दिनमै नमुना लिन शुरु गर्ने जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार