Health TV Online
Health TV Online
Health TV Online

पहिले पनि पाँच पटक घोषणा भइसकेको छ ‘स्वास्थ्य संकटकाल’

पहिले पनि पाँच पटक घोषणा भइसकेको छ ‘स्वास्थ्य संकटकाल’

कोरोना भाइरस संक्रमणका कारण २१३ जनाको मृत्यु र करिब आठ हजार संक्रमित भएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ।

यसअघि डब्लुएचओले विभिन्न संक्रमणका घटनामा पाँच पटक विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको थियो।

सन् २००९

सन् २००९ मा फैलिएको एचवनएनवन भाइरसले दुई लाख मानिसको ज्यान लिएको थियो। विश्वले यसको गम्भीरतापूर्वक नियन्त्रण गर्न सकोस् भनेर स्वास्थ्य संकटकाल घोषणा गरियो।

सन् २०१४

सन् २०१२ मा उन्मूलनको संघारमा पुगेको पोलियोको संक्रमण २०१३ मा बढ्यो। उन्मूलनको प्रयासमा धक्का लाग्न सक्ने ठानिएर संकटकाल घोषणा गरियो।

सन् २०१६

खासगरी दक्षिण र उत्तर अमेरिकी महादेशमा द्रुत गतिमा फैलिएपछि डब्ल्यूएचओले जनस्वास्थ्य संकटकाल घोषणा गरेको थियो।

सन् २०१४ 

इबाेला संक्रमणलाई संकटकाल घोषणा गरिएको थियो। सन् २०१४ को अगस्टदेखि सन् २०१६ को मार्चसम्म पश्चिम अफ्रिकी देशहरूमा ३० हजार मानिस प्रभावित भए। ११ हजार भन्दा धेरैको ज्यान गयो।

सन् २०१९

प्रजातान्त्रिक गणतन्त्र कंगाेमा इबाेला संक्रमण फैलिएपछि गत वर्ष पनि संकटकाल घोषणा भयो।

थप समाचार