Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरस संक्रमण : विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा

कोरोना भाइरस संक्रमण : विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चीनबाट फैलिएको नयाँ कोरोना भाइरस संक्रमणले विश्वव्यापी स्वास्थ्य संकट निम्त्याएको घोषणा गरेको छ।

२०० जनाभन्दा बढीको ज्यान लिइसकेको संक्रमणलाई विश्वव्यापी संकट घोषणा गर्नुपर्नाको मुख्य कारण चीनबाहिर त्यसको सम्भाव्य फैलावट रहेको बताइएको छ।

उक्त संक्रमणका कारण मृत्यु हुनेको संख्या २०० नाघेको चिनियाँ अधिकारीहरूले बताउँदै गर्दा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसका कारण विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको हो। अहिलेसम्म कम्तीमा २१३ जनाको मृत्युको भएको पुष्टि भइसकेको छ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले उक्त घोषणा गर्नुका पछाडि मुख्य कारण चीनबाहिर यसको अवस्थालाई लिएर भएको बताएका छन्।

चीनबाहेक अन्यत्र नेपालसहित १८ देशमा ९८ जनामा संक्रमण भएको पाइएको छ। तर चीनबाहिर यसका कारण कसैको ज्यान गएको छैन। विश्व स्वास्थ्य संगठनले कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकहरूमा यो भाइरस फैलिनसक्ने त्रास रहेको बताएकाे छ।

बीबीसी

थप समाचार