Health TV Online
Health TV Online
Health TV Online

नेपाल-भारत सीमा नाकामा कोरोना भाइरस संक्रमणको निगरानी

नेपाल-भारत सीमा नाकामा कोरोना भाइरस संक्रमणको निगरानी

नेपालको पूर्वी सीमाबाट आवतजावत गर्नेहरूका लागि भारत र नेपाल दुवैतर्फ कोरोना भाइरस संक्रमणको निगरानी तथा परामर्श शुरु भएको छ।

आइतवारदेखि भारतले नेपालबाट आउने व्यक्तिलाई चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणका लागि छानबिन शुरु गरेपछि नेपालतर्फ पनि परामर्श कक्ष राखिएको हो।

कोरोना भाइरसको लक्षण पाइए त्यस्ता व्यक्तिलाई थप परीक्षणका लागि नजिकैको अस्पतालको लग्ने व्यवस्था गरिएको दुवै देशका अधिकारीहरूले बताएका छन्।

भारतले पश्चिम बंगालको दार्जिलिङ, नेपालको सीमा र बागडोग्रा विमानस्थलमा गरी चारवटा ुस्क्रिनिङ क्याम्पु खडा गरेको दार्जिलिङका स्वास्थ्य सेवा प्रमुख डा। प्रणय आचार्यले बीबीसीलाई बताए।

नेपालतर्फ भने पूर्वी नाका काँकरभिट्टामा दुई जना प्रयोगशाला प्राविधिकको व्यवस्था गरी एउटा परामर्श शिविर राखिएको छ।

सामान्य परामर्शको व्यवस्था

म‌ंगलवार नेपालका सीमामा भारतबाट आउने व्यक्तिहरुका लागि सामान्य परामर्श शिविर राखिएको हो।

भारतबाट आउने व्यक्ति स्वयम् परामर्श कक्षमा कमै आउने गरेको प्राविधिक पासाङ शेर्पाले बताइन्।

उनले भनिन्, ‘आज बिहान एकजना ज्वरो आएको मान्छे आउनुभएको थियो। उहाँलाई स्वास्थ्य चौकी पठाइएको छ।’

जिल्ला स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चौलागाईँका अनुसार कोरोना भाइरस परामर्श शिविरमा जनशक्ति तथा उपकरणहरू थप्ने योजना छ।

शङ्कास्पद व्यक्तिका लागि काँकरभिट्टा स्वास्थ्य चौकीमा एउटा कोठाको व्यवस्था गरिएको उनले बताए।

बीबीसी नेपालीबाट

थप समाचार