Health TV Online
Health TV Online
Health TV Online

अत्यधिक चिसोले आठ जनाको मृत्यु

अत्यधिक चिसोले आठ जनाको मृत्यु

हुम्ला : अत्यधिक चिसोका कारण जिल्लामा चिसोका कारण आठ जनाको मृत्यु भएको छ। गत पुस २८ गतेदेखि यही माघ दोस्रो हप्तासम्ममा आठ जनाको ज्यान गएको हो।

दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउपालिकामा पाँच जनाको मृत्यु भएको हो।

अत्यधिक हिमपातका कारण दम, खोकी, निमोनिया र छाती सुन्निनेलगायत कारण उनीहरूको मृत्यु भएको सर्केगाडका वडाध्यक्ष गजबहादुर राउतले जानकारी दिए।

करिब तीन फिटसम्म बाक्लो हिमपात हुँदा जनजीवन कष्टकर हुनाका साथै कार्यालयमा काम गर्न कठिन भएको सहायक प्रजिअ दत्तराज हमालले जानकारी दिए।

हिमपातका कारणले करीब एक महिनादेखि टेलिफोन र विद्युत् सेवामा अवरोध हुनाका साथै खाद्यान्न आपूर्तिमा समस्या भएको छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार