गंगालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट
काठमाडौं : काठमाडौं महानगरपालिकाले गंगालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ।
केन्द्रको २४ औँ स्थापना दिवस तथा शहीद सप्ताहको कार्यक्रम पारेर उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रदेशसभा सदस्य दीपक निरौलाको रोहबरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले सहमतिपत्रमा हस्ताक्षर गरे।
कामपाले केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ बजेट छुट्याएको छ। रक्षामन्त्री पोखरेलले स्वास्थ्य संस्थाको सहयोगमा नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउन गरिएको कामको सराहना गरे।
कामपाका प्रमुख शाक्यले रोगको उपचारका लागि मात्र नभई रोग लाग्नै नदिनका लागि पनि कार्यक्रम अघि बढ्ने बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण