रुघा लागेका सबैलाई ‘कोरोना भाइरस’ परीक्षण जरुरी छैन : मन्त्रालय
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रुघाखोकी लाग्दैमा कोरोनाको त्रासमा नबस्न आग्रह गरेको छ। बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सर्वसाधारण अनावश्यक रूपमा त्रासमा बस्ने गरेको बताएका हुन्।
उनले केही अस्पतालले जबर्जस्ती कोरोना भाइरस परीक्षणका लागि सिफारिस गरेको भन्दै यस्तो नगर्न आग्रह गरे। ‘केही व्यक्ति नमुना लिएर नै टेकुस्थित जनस्वास्थ्य प्रयोगशालासमेत आइपुगेका छन्’, श्रेष्ठले भने, ‘सबै रुघा लागेको मान्छेलाई परीक्षण जरुरी छैन, रोगको संक्रमण भएका क्षेत्रबाट आएका व्यक्ति र खास आशङ्का गरिएकालाई मात्रै परीक्षण गर्ने हो।’ सामान्य रुघाखोकीका बिरामीलाई अन्य अस्पतालमा नियमित उपचार गरे हुने उनको भनाइ छ।
कोरोना भाइरस संक्रमण जाँचका लागि चीनतर्फको तातोपानी र रसुवा नाकामा स्वास्थ्य टोली राख्ने तयारी गरेको उनले बताए।
स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले नेपालमा तोकिएका अस्पतालले तयारी गरे नगरेकोबारे अनुगमन शुरु भएको र संक्रमण फैलिए रोक्न पूर्वतयारीसमेत भइरहेको बताए। ‘अहिलेसम्म चार जनामा परीक्षण भएको छ’, उनले भने, ‘चीनबाट आएका एक जनामा मात्रै कोरोना भाइरस देखिए पनि अन्य तीन जनामा देखिएन।’
राजधानीमा कोरोना संक्रमितको उपचारका लागि पाँचवटा ‘हब’ अस्पताल र ती अस्पतालका मातहतमा १४ वटा ‘स्याटेलाइट’ अस्पतालको तयारी गरेको उनले बताए। जनचेतना अभिवृद्धिका पर्चा पम्प्लेट तयार पारेको दाहालले जानकारी दिए।
मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी हरेक दिन कोरोना भाइरसको अवस्थाबारे जानकारी दिन थालेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित