Health TV Online
Health TV Online
Health TV Online

नेसनल अस्पतालमा बाथरोग सेन्टर

नेसनल अस्पतालमा बाथरोग सेन्टर

काठमाडौं : कलंकीस्थित नेपाल नेसनल अस्पताल ‘बाथरोग सेन्टर’सञ्चालनमा ल्याइएको छ। अस्पतालले  नेसनल सेन्टर फर रिउमेटिक डिजिज प्रालिको सहकार्यमा मंगलबार ‘बाथरोग सेन्टर’को शुभारम्भ गरेको हो।

प्रदेशसभा सदस्य केशव पोखरेलले सेन्टर उद्घाटन गरे। अस्पतालका अध्यक्ष रामचन्द्र शर्माले गुणस्तरीय सेवा दिन अस्पताल प्रतिबद्ध रहेको बताए। अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेलले देशभर ३० लाखभन्दा बढी व्यक्ति बाथरोगबाट पीडित भएको भन्दै बाथका रोगीलाई सहज उपचार गराउन अस्पतालले बाथरोग सेन्टरको स्थापना गरेको बताए।

वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित वैद्यले नेपालमा बर्सेनि बाथरोगका बिरामी बढ्दै गएकाले यसको उपचारका लागि सेन्टर स्थापना भएकाे बताए।

पाँच वर्ष पहिला स्थापना भएको अस्पतालले केही महिना अघिमात्र टेलिमेडिसिन सेवाको समेत शुभारम्भ गरेर दुर्गम क्षेत्रका बिरामीलाई समेत सेवा प्रदान गर्दै आइरहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार