Health TV Online
Health TV Online
Health TV Online

‘दुष्ट भाइरससँगकाे लडाइँ जितेरै छाड्छाैँ’

‘दुष्ट भाइरससँगकाे लडाइँ जितेरै छाड्छाैँ’

चिनियाँ राष्ट्रपति सी जिन पिङले चीनले दुष्ट भाइरससँग लडिरहेको भन्दै लडाइँ जित्नेमा विश्वस्त रहेको बताएका छन्।

चीन भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसससँगको भेटमा राष्ट्रपति सीले कोरोना भाइरस संक्रमण रोक्ने कामको निर्देशन आफ्नै अगुवाइमा भइरहेको बताए।

चीनका स्वास्थ्य विज्ञ जोङ नान्सानले सरकारी अबको १० दिनमा संक्रमण उच्च तहमा पुग्ने बताएका छन्। त्यसपछि संक्रमण घट्दै जानेछ।

कोरोना भाइरस संक्रमणको केन्द्रमा रहेको हुबेइ प्रान्तका अधिकारीहरूले त्यहाँ थप २५ जनाको ज्यान गएको र थप ८०० मा संक्रमण भएको आँकडा दिएका छन्।

विदेशीको उद्धार

हुबेइको वुहान शहरबाट विदेशीलाई उद्धार गर्न थालिएको छ। दुई सय यात्रुसहित जापानी विमान त्यहाँबाट उडेको छ भने बुधवार अबेर अमेरिकी चार्टर्ड विमान त्यहाँबाट बाहिर उड्दैछ।

वुहानमा कोरोनाभाइरस संक्रमणसँग जुध्न जोडतोडका साथ नयाँ अस्पताल बनाइँदै छ। युरोपेली आयोगले युरोपेली नागरिकहरूको उद्धारमा सहयोग गर्ने बताएको छ।

कोरोना भाइरस संक्रणबाट हालसम्म १०६ जनाको ज्यान गएको छ। जापान र जर्मनीमा चीन नगएका मानिसहरूमा पनि संक्रमण देखिएको छ।

ती व्यक्तिमा चिनियाँ मानिससँग भेटघाटमार्फत् संक्रमण सरेको बताइएको छ। हालसम्म चीनमा संक्रमितहरूको संख्या ४५ सय पुगेको छ।

चीनमा कोरोना भाइरसका कारण भएका अधिकांश मृत्युका घटना वुहान शहर रहेको हुबेइ प्रान्तमा भएको छ। शुरुमा मर्नेहरूमा पाका उमेरका बिरामी थिए, जाे श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी थिए।

हालैका समयमा मारिनेहरूको भने विस्तृत विवरण आएका छैनन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले त्यहाँ चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय विज्ञ पठाउने विषयमा मंगलवार चीनले सहमति जनाएको छ।

ती विज्ञले भाइरसबारे थप बुझ्न मद्दत गर्ने अनि अन्तर्राष्ट्रिय प्रतिक्रियालाई सघाउने छन्।

बीबीसी नेपालीबाट

थप समाचार