Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरसको उपचार : त्रिवि शिक्षण अस्पतालमा ६ वटा ‘आइसोलेसन बेड’

कोरोना भाइरसको उपचार : त्रिवि शिक्षण अस्पतालमा ६ वटा ‘आइसोलेसन बेड’

काठमाडौं : चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण नेपालसम्म आइपुगेपछि सरकारले आफनो तयारी बढाएको छ । मंगलबार  मन्त्रालयको एक टोलीले विभिन्न अस्पताल पुगी कसरी बिरामीको उपचार सहज रुपमा गर्न सकिन्छ भनेर छलफल गरेको जनाएको हो ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमै मात्र ५० जनासम्म बिरामी राखेर उपचार गर्न सकिने देखिएको टोलीमा सलंग्न मन्त्रालयका सहसचिव डा गुणराज लोहनीले बताए । त्यसबाहेक छाउनीस्थित सैनिक अस्पताललाई पनि मुख्य अस्पतालका रुपमा प्रयोग गर्न सकिने उनको भनाई छ । हाल बन्दै गरेको सय बेडको ओपीडी भवनमा  बिरामी राखेर उपचार गर्न मिल्ने उनले जीकीर गरे ।

उता चीनको वुहान शहरमा रहेका नेपालीलाई पराराष्ट्र मन्त्रालय मार्फत काठमाडौं ल्याउने विषयमा पनि कुरा भइरहेको भन्दै यदि उनीहलाई ल्याउने स्थिती आएमा छुट्टै आर्मीको ब्यारेकमा राखिने पनि मन्त्रालयले जनाएको छ । उनीहरुलाई दुई सातासम्म निगरानीमा राखेर मात्र छोडिनेछ ।

यसैगरी त्रिवि शिक्षण अस्पतालले पनि कोरोना भाइरसका बिरामीका लागि ६ वटा आइसोलेसन वार्ड छुट्याएको जनाएको छ । अस्पतालका निर्देशक डा प्रेम खड्गाले तत्कालका लागि क्षयरोगी बिरामीलाई भनेर बनाइएको वार्ड कोरोना बिरामीलाई छु्ट्याएको बताए। उनले भने ,’अहिले त बिरामी छन् ,तर हामी त्यस्ता बिरामी आए भने खाली गछौं।’

हालसम्म नेपालमा एक जनामा मात्र काेराेना भाइरस देखिएकाे छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार