चिनियाँ नाकामा ‘हेल्थ डेक्स’ स्थापना गर्न माग
काठमाडौं : नेपाल एसाेसियसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालसँग जोडिएका चिनियाँ नाकामा ‘हेल्थ डेक्स’ स्थापना गर्न माग गरेको छ।
साेमवार विज्ञप्ति जारी गरी नाट्टाले विभिन्न मुलुकमा फैलिँदै गएको कोरोना भाइरस संक्रमण नेपालमा फैलिन नदिन चीनसँग जोडिएका नाकामा हेल्थ डेक्स स्थापना गर्न माग गरेको हो ।
नाट्टाका अध्यक्ष अच्युत गुरागाईँले महामारीको रूप लिइसकेको कोरोना भाइरस नेपालमा संक्रमण हुन नदिन उच्च सतर्कता अपनाउनुपर्ने बताए।
‘कोरोना भाइरसबाट बच्न सम्बन्धित निकायले समयमा नै ध्यान पुर्याउन जरुरी छ’, उनले भने। नाट्टाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रभावकारी हेल्थ डेस्क स्थापना गर्न माग गरेकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण