इलाममा स्वस्थ्य जीवन प्रवर्धन अभियान शुरु
इलाम : जिल्लाको रोङ गाउँपालिकाबाट स्वस्थ्य जीवन प्रवर्धन अभियान शुरु भएको छ। रोङ गाँउपालिकाको वडा नं. ३ बाट सोमबार कार्यक्रम आरम्भ गरिएको हो ।
प्रदेश १ का सामाजिक विकास मन्त्रालयले शुरु गरेको अभियानअन्तर्गत जीवनशैली परिर्वतनका लागि योग तथा आयुर्वेदको प्रयोग, टोल समुदाय सरसफाइ, मातृशिशु सुरक्षा र पोषणमा स्थानीय उत्पादनलाई जोड दिने कार्यक्रम समावेश गरिएको छ। अभियानअन्तर्गत नै सुर्तीजन्य पदार्थ नियन्त्रण, मदिरा न्यूनीकरण, सर्ने र नसर्ने रोग व्यवस्थापनका साथै आयुर्वेदिक स्वास्थ्य शिविर सञ्चालन गर्ने बताइएको छ ।
नसर्ने रोगको प्रकोप बढ्दो रहेकाले जीवनशैली, खानपान र व्यवहार परिर्वतनका साथै स्वास्थ्यको दिगो विकास लक्ष्यका सूचक प्राप्तिका लागि स्वास्थ्य प्रवर्धनका क्रियाकलाप जरुरी रहेकाले अभियान शुरु गरिएको मेची अञ्चल आयुर्वेद अस्पतालका प्रमुख तीर्थ आचार्यले बताए।
अभियानअन्तर्गत प्रतिबद्धतापत्रमा गाउँपालिकाका अध्यक्ष शम्शेर राई, विद्यार्थी, अभिभावक, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायतले हस्ताक्षर गर्दै जीवनशैली परिवर्तन गर्ने बताए।
कार्यक्रमअन्तर्गत सातदिने स्वास्थ्य शिविरसमेत शुरु गरिएको छ। शिविरमा शारीरिक उचाइअनुसारको तौलको अनुपात जाँच गर्ने, दैनिक क्यालोरी सिट दिने र सामान्य बिरामीको जाँच गर्न सक्नेजस्ता पद्धति स्थानीयवासीलाई जानकारी गराइने बताइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण