कोरोना भाइरस संक्रमण : चीनमा १०६ जनाको मृत्यु, चार हजारलाई संक्रमण
कोरोना भाइरसका कारण चीनमा १०६ जनाको मृत्यु भएको छ। चार हजारभन्दा बढी मानिस संक्रमित भएको अधिकारीहरूले जनाएका छन्।
यसैबीच भाइरस फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ।
भाइरस शुरू भएको वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ।
चीनभन्दा बाहिर पनि यसको संक्रमण फैलिएको छ। र मंगलवारसम्म कम्तीमा १६ देशमा ४७ संक्रमण जनामा फैलिएकाे छ।
चीनका केही मुख्य शहरहरूले सार्वजनिक यातायात बन्द गरेका छन् र नयाँ वर्षको बिदा तीन दिन थपिएको छ।
अमेरिकाले आफ्ना नागरिकहरूलाई आफ्नो चीन यात्राबारे पुनर्विचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ।
अन्य थुप्रै देशहरूले चीनमा यात्रा नगर्न सुझाव दिनुका साथै त्यहाँ फँसेका आफ्ना नागरिकहरूलाई फिर्ता ल्याउन योजना बनाएका छन्।
कोरोना भाइरसका कारण चीनभन्दा बहिर भने हालसम्म कसैको मृत्यु भएको छैन।
बीबीसी





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण