कोरोना भाइरस : मृत्यु हुनेको संख्या ८०, तीन हजारलाई संक्रमण
चीनमा कोरोनो भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ। अहिलेसम्म झण्डै ३,००० जनामा संक्रमण भएकाे अधिकारीहरूले बताएका छन्।
चीनको सरकारी सञ्चारमाध्यमका अनुसार हुबे प्रान्तमा ३०० सय जनाभन्दा धेरै मानिस भाइरसका कारण गम्भीर न्युमोनियाको शिकार भएका छन्। यहाँ ७६ जनाको मृत्यु भएको सोमवार बताएका छन्। मृत्यु हुने अन्य चार व्यक्ति अरू स्थानका हुन्।
सङ्क्रमणको केन्द्रमा रहेको उक्त प्रान्तको वुहानमा दुईवटा अस्पताल निर्माण हुँदैछ। स्वास्थ्यसेवाका पाँच लाख कर्मचारीलाई उक्त भाइरसको रोकथाम, नियन्त्रण र उपचार गर्न परिचालित छन्।
थप मास्क तथा सुरक्षित पोसाक बनाउन कारखानाहरूमा तीव्र गतिमा काम भइरहेको छ। सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न नयाँ वर्षको बिदा लम्ब्याउने घोषणा गरेको छ। जनवरी ३० सम्म रहेको चिनियाँ नयाँ वर्षको बिदा अब फेब्रुअरीको दोस्रो सातासम्म लम्ब्याइएको छ।
यसअघि अधिकारीहरूले संक्रमण पहिलेभन्दा चाँडो फैलिरहेको चेतावनी दिएका थिए। लक्षण देखिनुअघि नै मानिसले यो संक्रमण अरू मानिसमा सार्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्न थप कठिन हुने बताइएको छ।
कोरोना भाइरसको संत्क्रमणबारे कुराकानी गर्न विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसस बेइजिङ जाँदैछन्।चीनका राष्ट्रपति सी जिन पिङले घातक कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्।
चिनियाँ नयाँ वर्षका दिन बिदाको बेलामा आयोजित एउटा उच्चस्तरीय बैठकपछि उनले वरिष्ठ चिनियाँ अधिकारीहरूलाई देश ‘गम्भीर परिस्थिति’ मा रहेको बताएका थिए।
बीबीसी नेपाली





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण