लक्षित समय पूरा हुन ११ महिना बाँकी, अझै १७ जिल्लामा छन् कुष्ठराेगी
काठमाडौं : सरकारले १७ वटा जिल्लामा अझै कुष्ठरोग नियन्त्रण नभएकाे जनाएको छ। विश्व कुष्ठरोग दिवसको अवसरमा इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतवार गरेको कार्यक्रममा यस्तो जानकारी दिइएको हो।
नेपालमा सन् २०१० मा ‘राष्ट्रियस्तरमा कुष्ठरोग निवारण घोषणा’ भएको थियो। महाशाखाका अनुसार ‘निवारण’ भन्नाले प्रति १० हजार जनसंख्यामा एक भन्दा कम बिरामी भएको अवस्थालाई बुझाउँछ। निवारण घोषणा गर्दाको अवस्थामै पनि १२ जिल्लामा कुष्ठरोग निवारणको स्थितिमा नरहेको बताइएको छ।
नेपालले सन् २०२० को अन्त्यसम्ममा सम्पूर्ण जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ। महाशाखाले दिएको जानकारीअनुसार तराईलगायत १७ वटै जिल्लामा कुष्ठरोग दर एकभन्दा बढी रहेको छ। सरकारले सबै जिल्लामा कुष्ठरोगको प्रकोप प्रति १० हजार जनसंख्यामा एकभन्दा कम गर्ने र नयाँ बिरामीहरूमध्ये १४ वर्षसम्मका बच्चाहरूमा असमर्थताको तह–२ लाई ० बनाउने भनेकाे छ।
यस्तै सबै नयाँ निदान भएका कुष्ठरोगका बिरामीहरूमा तह–२ असमर्थतालाई प्रति १० लाख जनसंख्यामा एकभन्दा कम गर्ने र कुष्ठरोग प्रभावितलाई हुने भेदभावमा कानुनी प्रावधान शून्य बनाउने सरकारकाे लक्ष्य छ।
कुष्ठरोगको कारणबाट हालसम्म करिब ३१ हजारभन्दा बढी अपांग भएको अनुमान महाशाखाले गरेको छ। कुष्ठरोग निवारणका लागि प्रभावित जिल्लाहरूमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको महाशाखाले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण