आज ६७औँ विश्व कुष्ठरोग दिवस
काठमाडाैं : आज ६७औँ विश्व कुष्ठरोग दिवस। प्रत्येक वर्ष जनवरीको अन्तिम साता यो दिवस मनाइन्छ। अहिंसावादी महात्मा गान्धीको निधन भएको दिन भएकाले सन् १९५४ देखि कुष्ठरोग दिवस मनाउन थालिएको हो।
विश्वबाट कुष्ठरोग निवारण गर्नुपर्ने र कुष्ठप्रभावितप्रति भेदभाव हटाउनुपर्ने गान्धीको विचारलाई आत्मसात गर्दै फ्रान्सका मानवतावादी /रावल फेलोरियोले कुष्ठरोग दिवस शुरु गरेका हुन्। यो दिवसले विश्वभर कुष्ठरोगको निवारण, न्यूनीकरण तथा प्रभावितप्रति हुने भेदभावमा कमी हुँदै आइरहेको बताइन्छ।
विश्व स्वास्थ्य संगठनले ‘सन् २०२० सम्ममा कुष्ठरोगरहित विश्व’को योजना लिएको छ। नेपालमा एक दशकअघि नै कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छैन भन्ने घोषणा गरिए पनि १७ जिल्लाबाट अझै यो रोग हट्न सकेको छैन। नेपालमा हरेक वर्ष तीन हजार २१५ नयाँ कुष्ठरोगी थपिने गरेको एक अध्ययनले देखाएको छ।
विज्ञहरूका अनुसार नेपालमा १० हजार जनामा ०.७९ प्रतिशत कुष्ठरोगी छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण