Health TV Online
Health TV Online
Health TV Online

सेनाकाे स्वास्थ्य शिविरमा लिए ४१५ ले सेवा

सेनाकाे स्वास्थ्य शिविरमा लिए ४१५ ले सेवा

डाेटी : नेपाली सेना, रुद्रध्वज गणले यहाँको केआइसिंह गाउँपालिका वाइलमा शनिबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ४१५ जनाले उपचार सेवा लिएका छन्।

गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले स्वास्थ्यसेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई सहजरूपमा उपचार सेवा प्रदान गर्न शिविर सञ्चालन गरेको बताए।

शिविरमा भिडियो एक्सरेबाट परीक्षण, गर्भवती परीक्षण, स्त्रीरोग तथा दन्त परीक्षणसमेत गरिएको थियो। शिविरमा सबैभन्दा बढी कान, छाला, ढाड दुख्ने तथा रुघाखोकीका बिरामी रहेको उपचारमा संलग्न प्राविधिक उपसेनानी डा. यमुना थापाले जानकारी दिइन्। शिविरमा कान सुन्ने उपकरण , निःशुल्क औषधि वितरण वितरण गरिएको थियो।

आफ्नै घरआँगनमा विशेषज्ञ सेवा पाउँदा स्थानीय बासिन्दा खुशी भएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए। बालरोग विशेषज्ञ डा ललित सुरी, फिजिसियन विशेषज्ञ डा. उत्तम भट्ट, स्त्रीरोग विशेषज्ञ डा दुर्गा मर्हजन, प्राविधिक उपसेनानी डा. बबिता सिलवाल र उपसेनानी डा. थापाले सेवा प्रदान गरेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार