चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ। २४ घण्टामा १५ जनाको ज्यान गएको चिनियाँ अधिकारीहरुले जनाएका छन्।
६६८ जनामा थप संक्रमण भेटिएको चीनका स्वास्थ्य अधिकारीले जनाएका छन्। अहिलेसम्म चीनमा हजाराैँ संक्रमित भएकाे र उनीहरू चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेको जनाइएको छ। तीमध्ये ३२५ जना उपचारपछि घर फर्किसकेको सञ्चारमाध्यमले जनाएको छ।
यसै महिना चीनको वुहानमा फेला परेको नयाँ भाइरस कोरोनाले महामारीका रूपमा लिएपछि राष्ट्रपति सी चिङपिङले चिन्ता व्यक्त गरेका छन्। उनले रोकथामका लागि सक्दो प्रयास गर्नसम्बन्धित अधिकारीलाई निर्देशनदिएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण