गर्भवतीलाई प्रोत्साहन भत्ता १५ सय रुपैयाँ
झापा : बाह्रदशी गाउँपालिकाले गर्भवतीलाई एक हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ।
स्वस्थ्य संस्थामा स्वास्थ्य जाँच गराउन र भिडियो एक्सरे गर्न सहयोग पुर्याउने उद्देश्यले सबै गर्भवतीलाई प्रोत्साहन स्वरूप भत्ता दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद दाहालले जानकारी दिए।
आदिवासी समुदायको बाहुल्य रहेको बाह्रदशीमा अझै पनि घरमै प्रसूति गराउने चलन रहेको बताइन्छ। त्यसलाई अन्त्य गर्दै स्वास्थ्य संस्था र अस्पतालमा मात्रै सुरक्षित रूपमा प्रसूति गराउन प्रोत्साहन दिने उद्देश्यले गाउँपालिकाले यो योजना ल्याएको बताएको छ । ‘रकम लिने गर्भवतीले नियमित स्वास्थ्य जाँच गराउन अनिवार्य गरिएको छ’, दाहालले भने।
यहाँका गर्भवती महिलाले वडाको सिफारिसमा नजिकै रहेका स्वास्थ्य संस्थाबाट यो सेवा लिन सक्ने भएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण