चीनमा कोरोना भाइरस संक्रमण : १० दिनभित्र बन्दै नयाँ अस्पताल
कोरोना भाइरसका बिरामीको चाप बढेपछि चीन सरकारले वुहान शहरमा १० दिनभित्र नयाँ अस्पताल निर्माण गर्न निर्देशन दिएको छ।
उपचार व्यवस्थित गर्न कठिनाइ भएको भन्ने सूचनाका आधारमा चीनको प्रशासनले यस्तो निर्देशन दिएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ।
कोरोना भाइरस संक्रमण भएकालाई सहज रूपमा उपचारको प्रत्याभूति दिलाउन यो कदम लिइएको अधिकारीहरूले बताएका छन्। नयाँ अस्पतालको निर्माणले कोरोनाका बिरामीलाई अन्य अस्पतालमा छुट्टाएर सेवा दिनुपर्ने बाध्यता अन्त्य गर्ने विश्वास लिइएको छ ।
वुहानमा निर्माण गरिने अस्पताल २५ हजार वर्गमिटरको हुने र एक हजार शय्या हुने सिन्ह्वा समाचार समितिले जनाएको छ।
चीनका विभिन्न सहरी क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम तीव्र बनेपछि प्रशासनले आगामी फेब्रुअरी ३ सम्ममा नयाँ अस्पतालमा सेवा सञ्चालन गर्नेगरी काम गर्न निर्देशन दिएको छ।
चीनमा कोरोना भाइरसका कारण शुक्रबारसम्म २६ जनाको मृत्यु भएको छ भने सयौँ व्यक्तिमा संक्रमण देखिएको छ । चिनियाँ अधिकारीले अहिलेसम्म ८२० जनामा संक्रमण देखिएको जनाएका छन्। तर प्रभावितको संख्या निकै धेरै भएको अनुमान स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संघसंस्थाले गरेका छन् ।
रासस





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण