शरीरका हानिकारक पदार्थ बाहिर निकाल्न खानुस् चुकन्दर
चुकन्दर आइरनका साथै यो भिटामिन सीको पनि राम्रो स्रोत हो। यसले शरीरमा रगतको मात्रा बढाउन सहयोग गर्छ। चुकन्दर सेवनले पर्याप्त उर्जा प्राप्त हुन्छ।
नियमित सेवनले शरीरलाई भिटामिन ए, बी, बी१, बी२, बी६ र भिटामिन सी प्राप्त हुन्छ। चुकन्दरमा पोटासियम, सोडियम, क्याल्सियम र फाइबर आदि पनि पर्याप्त हुन्छ।
यसबाट प्राप्त हुने आइरनले रक्त निर्माणमा विशेष महत्त्वपूर्ण भूमिका खेल्छ। यसका साथै चुकन्दर सेवनले शरीरका अनेकौँ हानिकारक पदार्थ बाहिर निकाल्न सहयोग गर्छ।
चुकन्दरको पात पनि निकै फाइदाजनक मानिन्छ। चुकन्दरको पातमा फलको तुलनामा धेरै मात्रामा फलाम तत्त्व पाइन्छ। पातमा भिटामिन ए पनि प्रशस्त पाइन्छ। पातको सेवनले पनि शरीरको विकारयुक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ।
प्रतिदिन एक गिलास चुकन्दरको पिउँदा थुप्रै फाइदा मिल्छ। पुरुषहरूको यौनेच्छा बढाउन पनि यो प्रभावकारी मानिन्छ। यसमा पर्याप्त मात्रामा नाइट्रिक एसिड पाइने भएकाले लिंग उत्तेजित नहुने समस्या समाधानमा सहयोगी हुन्छ। यसले यौनशक्ति पनि बढाउँछ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य