काठमाडौं नेचुरोपेथी अस्पतालमा एनआरएनएलाई छुट
काठमाडौं : बसुन्धरास्थित काठमाडौं नेचुरोपेथी अस्पताल गैरआवासीय नेपाली संघ अन्तरर्राष्ट्रिय समन्वय परिषदबीच गैरआवासीय नेपालीलाई विशेष छुट दिने सम्झौता भएको छ।
बालुवाटारस्थित परिषद्को केन्द्रीय कार्यालयमा बुधवार भएको सम्झौतामा अस्पतालका अध्यक्ष गणेश पाण्डे र संघका प्रमुख कार्यकारी अधिकृत हेमन्तकुमार दवाडीबीच हस्ताक्षर भएको हो।
सम्झौतामा अस्पतालको सेवामा १० देखि २५ प्रतिशतसम्म छुट दिने, अस्पतालको सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शय्यामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा २५ प्रतिशत र स्पासम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
यो सम्झौताबाट विश्वभर छरिएका गैरआवासीय नेपाली संघका ८० हजार सदस्य र परिवार लाभान्वित हुने एनआरएनएका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताए।
अस्पतालमा प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, अकुपञ्चर तथा अकुप्रेसर, योग थेरापी, भोजन परामर्शका साथै जीवनशैली क्लिनिकको माध्यमबाट उपचार हुने गरेको मेडिकल निर्देशक डा. यञ्जन गैह्रेले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण