गेटा मेडिकल कलेज सञ्चालनको प्रारूप छिटै : मन्त्री ढकाल
कैलाली : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जिल्लाको गेटामा निर्माणाधीन मेडिकल कलेज कुन प्रारूपमा सञ्चालन गर्ने भन्ने विषयमा चाँडो निर्णय गर्ने बताएका छन्।
निर्माणाधीन मेडिकल कलेजका संरचनासम्बन्धी कामको निरीक्षण गर्दै मन्त्री ढकालले स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा सञ्चालन गर्न सकिने बताए।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पनि कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा सञ्चालन गर्न सकिने तर्क गरे।
कार्यकारी निर्देशक भीमबहादुर साउदले एक वर्षभित्र कलेजले अस्पताल सञ्चालन गरिसक्ने गरी काम तीव्र पारिएको बताए। उनले अहिलेसम्म ६५ प्रतिशतभन्दा बढी भौतिक निर्माण पूरा भइसकेको जानकारी दिए।
चालू वर्षमा कलेजका सबै कामका लागि एक अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ । नेपाल सरकारले यो कलेज सञ्चालनको प्रारुपका बारेमा विधेयक तयार पारेर कानूनी परामर्शसमेत गरिरहेको बताइएको छ।
सरकारले २०६६ मा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेकोमा प्रक्रियागत ढिलाइका कारण निर्माण भने तीन वर्षअघिदेखि मात्रै शुरु गरिएको थियो ।
निर्माणस्थलमा अस्पताल, कलेज, दुई छात्रावास, प्रशासनिक भवन, चिकित्सक र कर्मचारीका लागि आवासगृहलगायत संरचना निर्माणधीन छन्। गेटा मेडिकल कलेज ६०० शय्याको हुने बताइएको छ।
रासस





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण