डा आशा सिंह बनिन् प्रहरी अस्पताल प्रमुख
काठमाडौं: बरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा आशा सिंह नेपाल प्रहरीको प्राविधिक समूह तर्फ एआईजी पदमा बढुवा भएकी छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा भएसँगै सिंह नेपाल प्रहरी अस्पतालकाे निर्देशक समेत बनेकी छिन्।
गृहमन्त्रालयमा गत १४ पुसमा बसेको बढुवा समितिले रिक्त एआईजी पदमा डा सिंहलाई बढुवा गर्न सिफारिस गरेको थियो । तर त्यस विरुद्ध अर्का डीआईजी मिनराज पाठकले जुनियर डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरिएको भन्दै उजुरी गरेका थिए । यता लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित उजुरी सुन्ने समितिले बढुवा समितिको निर्णयलाई सदर गरेपछि मन्त्रिपरिषदले उनलाई बढुवा गर्ने निर्णय गरेको हो ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र