‘हात्तीपाइलेविरुद्धको औषधि निर्धक्क सेवन गर्नुस्’
नेपालगञ्ज : चिकित्सकले हात्तीपाइलेविरुद्धको औषधि निर्धक्कसँग सेवन गर्न आग्रह गरेका छन् ।
बाँके जिल्लामा माघ २५ देखि २७ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदैछ। नेपालगञ्ज उपमहानगरपालिकाको एकलाख ७३ हजार ७९४ जनसंख्यामध्ये एकलाख ४५ हजारले औषधि सेवन गर्ने लक्ष्य लिइएको छ।
यसपटक औषधि खुवाउन विद्यार्थीलाई समेत परिचालन गरिने भएको छ। दुई वर्षभन्दा कम र ७० वर्षभन्दा बढी उमेर समूहका व्यक्ति, गर्भवती र गम्भीर बिरामीबाहेकका व्यक्तिले ढुक्कसँग औषधि सेवन गर्नसक्ने स्वास्थ्यकर्मीले जनाएका छन्।
औषधि सेवनपछि रोगको संक्रमण भएका व्यक्तिमा सामान्य असर देखिने भन्दै स्वास्थ्यकर्मीले निर्धक्कसँग औषधि सेवन गर्न सबैमा अनुरोध गरेका छन् । भेरी अस्पतालका डा. खगेन्द्रजंग शाह, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाही र दुर्गा गौतमले औषधि निर्धक्कसँग खान सबैलाई अपिल गरेका छन्।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !