बेल्जियमकी राजकुमारी अस्ट्रिडले सुनिन् कुष्ठरोगीका भोगाइ
काठमाडौं : नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी अस्ट्रिड कुष्ठरोग निवारणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने अभियानमा सहभागी भएकी छिन्। अस्ट्रिड डामिन फाउण्डेसनले मंगलवार आयोजना गरेको कुष्ठरोग सेमिनारमा सहभागी भएकी हुन्।
विश्व कुष्ठरोग दिवसको सेरोफेरो पारेर गरिएको कार्यक्रममा विज्ञले कार्यपत्र प्रस्तुत गर्नुका साथै कुष्ठरोग निवारणका लागि भइरहेका प्रयासबारे जानकारी गराए।
कार्यक्रममा प्रा. मधुसुधन सुवेदीले कुष्ठरोग निवारणसम्बन्धी नेपालको प्रगतिबारे कार्यपत्र प्रस्तुत गरे। फाउण्डेसनका नेपालदेशीय प्रतिनिधि डा. सुशील कोइरालाले फाउण्डेसनले कुष्ठरोग र क्षयरोग निवारणसम्बन्धी जनचेतना अभिवृद्धिका साथै औषधि उपचारका लागि पहलकदमी गर्दै आएको जानकारी दिए। पाँच प्रदेशका १६ जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।
कार्यक्रममा कुष्ठ रोगबाट पीडित बुटवलकी सावित्री श्रेष्ठ र क्षयरोगी धनुषका चन्द्रप्रकाश यादवले आफ्ना भोगाइ सुनाए। उनीहरूकाे प्रस्तुति बेल्जियमका राजकुमारीले चासोपूर्वक सनिन्।
आगामी जनवरी ३० गते विश्व कुष्ठरोग दिवस मनाइँदैछ। नेपाललाई यसै वर्ष (सन् २०२०) सम्म पूर्णरूपले कुष्ठरोग निवारण देश बनाउने सरकारको लक्ष्य छ।
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?