सूर्यविनायक नगरपालिकाको आफ्नै अस्पताल
भक्तपुर : सूर्यविनायक नगरपालिकाले सूर्यविनायक–४ दधिकोटमा आफ्नै अस्पताल सञ्चालनमा ल्याएको छ।
सूर्यविनायक नगरपालिका–४ अन्तर्गत दधिकोटको गाम्चामा रहेको दधिकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरपालिकाले सूर्यविनायक नगरपालिका अस्पतालको नामबाट सञ्चालनमा ल्याएको हो।
नगरपालिकाका प्रमुख वासुदेव थापाले मंगलवार उद्घाटन गर्दै नगरवासीलाई सस्तो र सुलभरूपमै स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्य केन्द्रलाई अस्पतालका रूपमा विस्तार गरी स्थानीयलाई सहज रूपमा उपचारको व्यवस्था गरेको बताए।
नगरपालिकाले अस्पताल भवनबाट २४ सै घण्टा आकस्मिक सेवा र प्रसूति सेवा उपलब्ध गराउने बताएको छ। तीनतले अस्पताल भवन ६५ लाख रुपैयाँ लागतमा निर्माण भएको जानकारी दिइयो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण