‘स्वास्थ्यका कर्मचारी समायोजन प्रक्रिया चाँडै टुंगिन्छ’
बैतडी : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र प्रभावित बनेको बताएका छन्।
मंगलबार पाटन नगरपालिका–८ स्थित खोडपेमा नवनिर्मित सिद्धेश्वर स्वास्थ्यचौकी भवन उद्घाटन गर्दै उनले समायोजनले गर्दा अहिले विभिन्न स्वास्थ्य संस्थामा कर्मचारी अभाव भएको बताए।
‘स्वास्थ्यका कर्मचारी अभावप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भने, ‘समायोजन प्रक्रिया चाँडै टुंगिन्छ र स्वास्थ्यका कर्मचारी अभाव रहने छैन।’
मन्त्री ढकालले स्वास्थ्यका उपकरण कमी रहेकाले परिपूर्ति गर्न आफू लागिपरेको दाबी गरे। ‘नागरिकको स्वास्थ्य सेवाप्रति सरकार गम्भीर छ’, उनले भने, ‘जनशक्ति थप गरेर भए पनि स्वास्थ्य सेवा घरदैलोमै पुर्याउँछौँ।’
फाइल फोटो





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण