४० लाख सकियाे, आयुर्वेद औषधालयको निर्माणाधीन भवन पाँच वर्षदेखि अलपत्र
संखुवासभा : सिलिचोङ गाउँपालिकामा निर्माणाधीन आयुर्वेद औषधालयको भवन अलपत्र छ। गलत डिजाइनका कारण भवन निर्माण अलपत्र भएको हो। वडा नं १, २ र ३ को संगमस्थल सिसुवाटार बुधबारेमा बन्दै गरेको भवन अलपत्र भएपछि पुरानाे भवनबाट सेवा दिने गरिएको छ।
निकै पुरानो र भत्किँदै गरेको सानो घरबाट सेवा सञ्चालन गरिएको छ। स्वाथ्यकर्मी पुरानो भवनको ठाउँठाउँमा कार्टुनले टालेर बस्दै आएका छन्। जीर्ण भवनबाट स्वास्थ्य सेवा दिएको वर्षौँ बितेको स्थानीयवासी बताउँछन्।
औषधालयको पुरानो भवन छेउमा नयाँ बनाउन शुरु गरिएको छ वर्ष बिते पनि पिल्लर उठाउनुबाहेक थप प्रगति हुन सकेको छैन। २०७१ मा तत्कालीन आयुर्वेद विभागबाट जिविस हुँदै ४० लाख रुपैयाँबाट केही पिल्लरमात्र ठड्याइएको हो।
प्राविधिक कारणले भवन निर्माणले पूर्णता नपाएको गाउँपालिकाका अध्यक्ष राम कुलुङले बताए। आयुर्वेद औषधालयमा एक कविराजसहित तीनजनाको दरबन्दी छ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै