गर्भवती र सुत्केरीलाई आपतकालीन कोष
म्याग्दी : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गर्भवती र सुत्केरीलाई आपतकालीन कोषको स्थापना गरेको छ। गाउँपालिकाका प्रत्येक वडामा एक–एक लाख बराबरको कोष स्थापना गरिएको हो।
गरिब, असहाय तथा समस्यामा परेका गर्भवती, सुत्केरीका साथै गरिब तथा विपन्नको उपचारमा सहज हुने गरी कोषको स्थापना गरिएको गाउँपालिका प्रमुख डमबहादुर पुनले जानकारी दिए। ‘भविष्यमा आवश्यकताअनुसार बजेट थप गर्नेछौँ। वडास्तरमै विभिन्न स्वास्थ्य शिविर समेत सञ्चालन गरिने छ’, उनले भने।
गाउँपालिकाको दुर्गम क्षेत्रमा रहेका महिलालाई गर्भवती अवस्थादेखि प्रसूतिसम्म आवश्यक पर्ने स्वास्थ्य सेवाका बारेमा समेत सचेत रहेको गाउँपालिकाले जनाएको छ। कोषको स्थापना गरेपछि हरेक वडामा रहेका स्वास्थ्यचौकी, सामाजिक परिचालकबाट समेत तथ्यांक संकलन गरिएको छ।
कोष सञ्चालनका लागि कार्यविधिसमेत बनाएर घरदेखि स्वास्थ्यचौकी र अस्पतालसम्म पुग्ने बिरामीलाई यातायात खर्चसमेत उपलब्ध गराइने गाउँपालिकाका प्रवक्ता कृष्णबहादुर बरुवालले जानकारी दिए। गाउँसभाका सदस्य सुत्केरी भए १० हजार रुपैयाँ उपलब्ध गराइने उनले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण