चिकित्सक संघ निर्वाचन: सबैभन्दा बढी मत खस्यो चितवनमा
काठमाडौं: नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि आज भएको चुनावमा देशभरका १६ शाखाबाट जम्मा १४ सय ७६ मत खसेको छ ।
उपत्यका बाहिर शनिबार बिहान ११ बजेदेखि शुरु भएको मतदान ४ बजेसम्म शान्तिपूर्ण रुपमा चलेको संघले जनाएको छ । संघको पहिलो चरणको पहिलो दिन भएको मतदानमा सबैभन्दा बढी मत चितवनमा र सबैभन्दा कम जुम्लामा खसेको थियो। चितवन १ सय ८५ र जुम्लामा उन्नाइस मत खसेको पनि संघले जानकारी दिएको छ ।
उपत्यकाबाहिर आइतबार पनि मतदान जारी रहनेछ भने उपत्यकामा भने माघ १७ देखि २१ सम्म मतदान हुनेछ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित