समोआमा नियन्त्रणमा आएन दादुरा प्रकोप
दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित समोआमा दादुराको प्रकोप नियन्त्रणमा आएको छैन।
करिब दुई लाखमात्र जनसंख्या रहेको यो सानो मुलुकमा केही महिनाअघिदेखि दादुराको प्रकोप बढेको र यसबाट धेरै नागरिक प्रभावित भएको बताइएको छ।
याे देशमा अहिलेसम्म कम्तीमा पनि पाँच हजार ८०० दादुराका बिरामीले विभिन्न अस्पतालमा उपचार गराएका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।
दादुराकै कारण यहाँ ८२ जनाको मृत्यु भइसकेको सरकारी अधिकारीले जानकारी दिएका छन्। अझै एक हजार भन्दा बढी उपचार गराइरहेका छन्।
पछिल्ला केही दिनयता दादुराका कारण मृत्यु हुनेको संख्या बढ्दो रहेको समाचारहरु आएका ती अधिकारीको भनाइ छ।
समोआली सरकारले गत अक्टोबर १६ मा दादुराको प्रकोप देखिएको सार्वजनिक जानकारी गराउदै नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको थियो।
सरकारले यहाँका ९० प्रतिशत नागरिकलाई दादुराविरूद्धको खोप लगाइरहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित