यसरी आफैँ जाँच्नुस् मधुमेह
आफ्नो ब्लड सुगरको स्तरमधुमेह रोगी, यसको औषधि सेवन गरिरहेका र इन्सुलिन लिइरहेकाले थाहा पाउनैपर्छ। तर, शरीरको सुगर लेबल जाँच्न बारम्बार अस्पताल धाउन सम्भव नहुने हुनाले मधुमेहको स्तर आफैँ जाँच गर्न सिक्नु राम्राे हुन्छ।
मधुमेहको स्तर आफैँ जाँच गर्न ग्लुकोमिटरको आवश्यक पर्छ। यो यन्त्रका तीनवटा पाटपुर्जा हुन्छन्, डिजिटल यन्त्र, टेस्ट स्ट्रिप र रगत निकाल्ने ल्यान्सेट।
ब्लड सुगर आफैँ जाँच्न पहिले सफा पानीले हात धोएर सफा रूमालले पुछेर सुख्खा बनाउनुपर्छ।
ल्यान्सेट निकालेर पञ्चरिङ पेनमा फिट गर्नुस्। कति गहिरो प्रिक गर्नुपर्ने हो सोहीअनुसार टुप्पामा भएको ढक्कन हटाएर ‘टिप एक्सपोज’ गर्नुस्। पेनमा अंक सेट गर्नुस्।
अब ग्लुकोमिटर अन गरी त्यसमा टेस्ट स्ट्रिप फिट गर्नुस्। मिटरले रगत मागेको संकेत गर्छ। कुनै एक औँलाको टुप्पालाई रेक्टिफाइड स्प्रिटले राम्ररी सफा गर्नुस्।
पञ्चरिङ पेनमा भएको ल्यान्सेटलाई सफा गरिएको औँलामा टाँसेर पेनको बटम थिच्नुस्। औँलालाई विस्तारै थिचेर रगतको सानो थोपा निकाल्नुस्।
रगतको थोपालाई टेस्ट स्ट्रिपको टुप्पामा छुवाउनुस्। रगत विस्तारै टेस्ट स्ट्रिपमा जान्छ र केही सेकेण्डमै ब्लड सुगरको लेबल देखाउँछ।
रिडिङ आइसकेपछि ल्यान्सेट र स्ट्रिपलाई सुरक्षित ठाउँमा फयाँक्नुस्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य