दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं : बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले अभद्र व्यवहार गरेको उजुरीपछि प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन प्रधानले प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टी गरे। उनले प्रसाइँलाई पक्राउ गर्न उनको भत्तपुरस्थित घरमा गएको तर उनी फेला नपरेको बताए ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले प्रसाईँले आफूविरुद्ध अभद्र व्यवहार गरेको र असुरिक्षत भएको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएका थिए। उनले प्रसाईँविरुद्ध अदालतमा मानहानीको पनि मुद्दा दर्ता गराएका थिए ।
प्रसाईँले बी एण्ड सी मेडिकल कलेज सम्बन्धनका लागि गिरीले आफूसँग २० करोड घुस मागेको आरोप लगाएका छन्। उता गिरीले यो आरोप मात्र भएको बताउँदै आएका छन्। गिरीविरुद्ध प्रसाइँले अख्तियार र सम्पत्ति शुद्धिकरणमा समेत उजुरी दिएका थिए भने गिरी अदालत गएका थिए ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल