पोषणयुक्त खानेकुरा खान सुत्केरीलाई वडाकाे भत्ता
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका वडा नं. ३ ले सुत्केरीलाई पोषणयुक्त खानेकुराका लागि भत्ता उपलब्ध गराउँदै आएको छ।
निरन्तररूपमा दुई वर्षदेखि सुत्केरी भएकालाई पोषणयुक्त खानेकुराका लागि भत्ता उपलब्ध गराइएको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए।
‘दूध, दही, घ्यू, फलफूल, माछा, मासु, हरियो सागपात, गेडागुडीलगायत खानका लागि भत्ताको रकम दिँदै आएका छौँ’, उनले भने, ‘आर्थिक अवस्था कमजोर भएका महिलालाई विभिन्न किसिमका रोगको संक्रमण हुने भएकाले पोषण कार्यक्रम सञ्चालन गरी भत्ता दिन थालेका हौँ।’
कार्यक्रमअन्तर्गत सुत्केरी हुनेलाई वर्षमा एक पटकका लागि एक हजार २०० दिइन्छ। सुत्केरी र शिशुका लागि दुई जोर कपडासमेत दिइने गरिएको छ।
पोषणयुक्त खानेकुराको व्यवस्थाका लागि भत्ता दिइन थालेपछि मातृ शिशु मृत्यृदर शून्यमा झरेको वडा कार्यालयका सचिव श्यामप्रसाद चौधरीले दाबी गरे।
वडा कार्यालयले शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएपछि स्वास्थ्यचौकीको शिशु जन्मेको प्रमाणपत्र र स्वयंसेविकाको सिफारिसका आधारमा भत्ताको रकम दिने गरेको छ। उमेर नपुगिकनै विवाह गरी सुत्केरी हुने महिलालाई भने वडाले उक्त सुविधा दिने गरेको छैन।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा