अरूण उपत्यकामा योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना हुँदै
काठमाडाैं :|पूर्वीय दर्शन, योग, परम्परागत चिकित्सालगायतको अध्ययन तथा अनुसन्धान गर्ने जनशक्ति उत्पादन गर्न सरकारले योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्न लागेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयको विधेयक तयार पारेको छ । शिक्षा मन्त्रालयले तयार गरेको विधेयक अर्थ तथा कानुन मन्त्रालयबाट स्वीकृति प्राप्त गरी संसदमा दर्ता हुनेछ।
विश्वविद्यालयको कार्यालय अरुण उपत्यकामा स्थापना हुनेछ । सहसचिव रामशरण सापकोटाका अनुसार एक केन्द्रीय क्याम्पस र सातै प्रदेशमा एकएक आंगिक क्याम्पस रहने गरी विधेयक तयार भएकाे छ । संसद्बाट विधेयक पारित भएपछि पूर्वाधार विकासको काम शुरु गर्ने बताइएकाे छ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा