मस्तिष्ककाे कार्यक्षमतामा ह्रास ल्याउने केही खराब बानी

शरीर स्वस्थ राख्न मस्तिष्क स्वस्थ्य राख्न जरूरी छ। तर दिनचर्याका क्रममा हामीले कतिपय गल्ती गरिरहेका हुन्छौँ जसले मस्तिष्कको कार्यक्षमतामा ह्रास ल्याइरहेको हुन्छ। मस्तिष्कलाई कमजाेर पार्ने केही यस्ता खराब बानी–
कम निद्रा
शरीर तथा मस्तिष्क स्वस्थ राख्न पर्याप्त मात्रामा निद्रा आवश्यक छ। अपर्याप्त निद्राको कारण मस्तिष्कका कोषिका निस्कृय हुनुका साथै अनावश्यक दबाब पर्छ। यसले मस्तिष्कको कार्य क्षमतामा ह्रास आउँछ। यसको नकारात्मक असर मस्तिष्कमा पर्छ। यसकै कारण स्मरण शक्ति समेत कमजोर हुन थाल्छ। त्यसैले मस्तिष्कलाई स्वस्थ्य राख्न दिनहुँ ७–८ घण्टा सुत्नुपर्छ।
पत्रु खाना
जंकफुड अर्थात् पत्रु खाना। यसमा अजिनोमोटोको प्रयोग गरिएको हुन्छ। आवश्यक्ताभन्दा बढी अजिनोमोटोको सेवनले मस्तिष्कमा असर गर्छ। विशेषगरी, मस्तिष्कमा हुने न्युरोन रिसेप्टर्सलाई यसले असर पार्छ। यसका कारण टाउको दुख्ने, वान्ता हुने, पेट दुख्ने लगायतका समस्या आउँछ। मस्तिष्कको क्षमतामा समेत ह्रास ल्याउँछ।
कोलाहल
कोलाहलमा बसेर काम गर्दा वा लगातार घण्टौँसम्म एयर फोन लगाएर ठूलो स्वरमा गीत सुन्ने गर्नाले पनि मस्तिष्कका कोशिकामा असर पर्छ। जसका कारण मस्तिष्कमा समेत असर पर्छ। यसकै कारण अल्जाइमरको समस्या निम्तिन्छ।
निस्क्रिय जीवनशैली
निस्क्रिय जीवनशैलीका कारण पनि मस्तिष्कमा नकारात्मक असर पर्छ। निस्क्रय जीवनशैली हुादा उच्च रक्तचाप, मुटुरोग मधुमेह, लगायतका समस्या निम्तिन्छ, जसले मस्तिष्कमा गम्भीर असर पार्न सक्छ।
आवश्यक्ताभन्दा बढी खाना
शरीरका लागि आवश्यकभन्दा बढी मात्रामा खानेकुराले मस्तिकलाई असर पार्न सक्छ । आवश्यकभन्दा बढी मात्रामा खानेकुरा सेवनले मस्तिष्कका नशालाई कडा बनाइदिन्छ। यसले मस्तिकको काम गर्ने क्षमतामा कमी ल्याउँछ।
धूमपान
धुमपान गर्नाले शरीरबाट कैयौँ हानिकारक रसायन निस्किन्छ। यसले रगतलाई गाढा बनाइदिन्छ, जसले गर्दा मस्तिष्कमा रक्तसञ्चार कम हुन्छ। साथै मस्तिष्कमा अक्सिजनको प्रवाह समेत कम गरिदिन्छ। यसरी मस्तिष्कमा अक्सिजन राम्ररी नपुग्दा यसको कार्यक्षमतामा ह्रास आउँछ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा