दीर्घराेगीलाई नगरपालिकाकाे आर्थिक सहयोग
काभ्रे : पाँचखाल नगरपालिकाले नगरभित्र रहेका दीर्घरोगी तथा विभिन्न रोगबाट पीडित विपन्न व्यक्तिलाई आर्थिक सहयोग गरेको छ।
पाँचखाल नगरपालिकाको समन्वयमा उज्यालो नेपाल काठमाडौँले पाँँचखाल नगरभित्रका क्यान्सर रोगीलाई प्रतिव्यक्ति २५ हजारका दरले छ जनालाई सहयोग गरेको हो।
वडा नं २ का रक्त क्यान्सरपीडित अनिता तामाङ, वडा नं ११ का बीना खरेल र रत्नमान लामा, वडा नं. ८ का घाँटीमा क्यान्सर भएका सीताराम थापा र गालामा क्यान्सर भएका उमेश तामाङ र वडा नं १३ का रक्त क्यान्सर पीडित गोविन्द रोक्काले रकम पाएका हुन्।
उनीहरलाई पाँचखाल नगरपालिकाका कार्यवाहक नगरप्रमुख सञ्जय तामाङ र उज्यालो नेपालका सचिव विष्णु ज्ञवालीले रकम हस्तान्तरण गरे।
नगरपालिकाले आव २०७६\०७७ मा २८ जना दीर्घरोग तथा विभिन्न रोग लागेका विपन्न व्यक्तिलाई आर्थिक सहयोग गरेको जनाएको छ। २८ मध्ये २७ जनालाई उपचारको बिल भर्पाई हेरेर दश हजारको दरले र एक जनालाई पाँच हजार रुपैयाँ सहयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण