दीर्घराेगीलाई नगरपालिकाकाे आर्थिक सहयोग
काभ्रे : पाँचखाल नगरपालिकाले नगरभित्र रहेका दीर्घरोगी तथा विभिन्न रोगबाट पीडित विपन्न व्यक्तिलाई आर्थिक सहयोग गरेको छ।
पाँचखाल नगरपालिकाको समन्वयमा उज्यालो नेपाल काठमाडौँले पाँँचखाल नगरभित्रका क्यान्सर रोगीलाई प्रतिव्यक्ति २५ हजारका दरले छ जनालाई सहयोग गरेको हो।
वडा नं २ का रक्त क्यान्सरपीडित अनिता तामाङ, वडा नं ११ का बीना खरेल र रत्नमान लामा, वडा नं. ८ का घाँटीमा क्यान्सर भएका सीताराम थापा र गालामा क्यान्सर भएका उमेश तामाङ र वडा नं १३ का रक्त क्यान्सर पीडित गोविन्द रोक्काले रकम पाएका हुन्।
उनीहरलाई पाँचखाल नगरपालिकाका कार्यवाहक नगरप्रमुख सञ्जय तामाङ र उज्यालो नेपालका सचिव विष्णु ज्ञवालीले रकम हस्तान्तरण गरे।
नगरपालिकाले आव २०७६\०७७ मा २८ जना दीर्घरोग तथा विभिन्न रोग लागेका विपन्न व्यक्तिलाई आर्थिक सहयोग गरेको जनाएको छ। २८ मध्ये २७ जनालाई उपचारको बिल भर्पाई हेरेर दश हजारको दरले र एक जनालाई पाँच हजार रुपैयाँ सहयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले जानकारी दिए।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने