मिर्गाैलाराेगीलाई आर्थिक सहयोग
धादिङ : धादिङ समाज युएईले नीलकण्ठ नगरपालिका–११ गैरीगाउँका जीतबहादुर गुरुङको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ।
समाजका उपाध्यक्ष ईश्वर भट्टले मंगलबार पत्रकार सम्मेलन गरी ५० हजार रूपैयाँ हस्तान्तरण गरे। ६२ वर्षीय गुरुङको दुवै मिर्गौलामा समस्या छ। एउटा मिर्गौला पूर्णरूपमा फेल भएको र अर्कोले पनि ७० प्रतिशतमात्रै काम गरेको छ।
समाजका पूर्वमहासचिव किरण धमलाले समाजले स्थापना कालदेखि नै पराेपकारी काम गर्दै आएको जानकारी दिए।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित