चिकित्सक उत्पादन गर्न गाउँपालिकाले लगानी गर्ने
जुम्ला : पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्ने भएको छ।
गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले चिकित्सा शिक्षामा पनि छात्रवृत्ति प्रदान गर्न लागेको बताए। उच्चशिक्षा छात्रवृत्ति अध्ययन गर्नका गाउँपालिकाभरिका इच्छुक व्यक्तिहरूबाट आवेदन संकलन भइरहेको जनाइएको छ।
चालू आर्थिक वर्षमा उच्चशिक्षा छात्रवृत्तिमा पाँच लाख र लोकसेवा तयारी कक्षाका लागि तीन लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले जानकारी दिए।
सात वडामा रहेको पातारासी गाउँपालिकामा समुद्र सतहदेखि करिब तीन हजार २०० मिटरसम्मको उचाइमा छ। यहाँ तीन हजार १७४ घरधुरीमा १७ हजार १३५ जनसंख्या छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण