चिकित्सक उत्पादन गर्न गाउँपालिकाले लगानी गर्ने
जुम्ला : पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्ने भएको छ।
गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले चिकित्सा शिक्षामा पनि छात्रवृत्ति प्रदान गर्न लागेको बताए। उच्चशिक्षा छात्रवृत्ति अध्ययन गर्नका गाउँपालिकाभरिका इच्छुक व्यक्तिहरूबाट आवेदन संकलन भइरहेको जनाइएको छ।
चालू आर्थिक वर्षमा उच्चशिक्षा छात्रवृत्तिमा पाँच लाख र लोकसेवा तयारी कक्षाका लागि तीन लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले जानकारी दिए।
सात वडामा रहेको पातारासी गाउँपालिकामा समुद्र सतहदेखि करिब तीन हजार २०० मिटरसम्मको उचाइमा छ। यहाँ तीन हजार १७४ घरधुरीमा १७ हजार १३५ जनसंख्या छ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स