दुर्गा प्रसाईँविरुद्ध मानहानि मुद्दा दायर
काठमाडौं : चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले दुर्गा प्रसाईँविरुद्ध मुद्दा दायर गरेका छन्।
झापास्थित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईँले आफूलाई घूस मागेको झुटो आरोप लगाएको भन्दै उनले मानहानि मुद्दा दायर गरेका हुन्।
गिरीले जिल्ला अदालत काठमाडौँमा मंगलबार प्रसाईँविरुद्ध मानहानि तथा गाली बेइज्जती मुद्दा दायर गरेका हुन्। केही दिनअघि प्रसाईँले बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि आफूसँग गिरीले २० करोड घूस मागेको भन्दै पत्रकार सम्मेलन गरेका थिए । सोही दिन गिरीले पनि पत्रकार सम्मेलन गरेर आफूलाई लगाएको आरोपमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेका थिए ।
यसअघि प्रसाईँले मंगलवार नै पत्रकार सम्मेलन गरी आफूले गिरीविरुद्ध अख्तियार र सम्पत्ति शुद्धीकरणमा उजुरी हालेको र छिटै सर्वोच्च अदालत जाने जानकारी दिएका थिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित