चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीविरुद्ध अख्तियारमा मुद्दा दायर
प्रसाई भन्छन, 'अदालतले न्याय गर्ने कुरामा विश्वस्त छु'
काठमाडौं: चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृण्ण गिरीविरुद्ध बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले मुद्दा हालेका छन्।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईले आफूले गिरी विरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग आयोग र सम्पत्ति शुद्धLकरण अनुसन्धान विभागमा उजुरी दिएको बताए।
बी एण्ड सी मेडिकल कलेजको सम्बन्धनका लागि गिरीले २० करोड घुस मागेको भन्दै प्रसाईले केही दिन अघि पत्रकार सम्मेलन गरेका थिए । उनले गिरीले आफूलाई नियतबस नै सम्बन्धनका लागि निवेदन समेत लिन नमानेको र घुस माग गरेको भन्दै उजुरी हालेका हुन्।
पत्रकार सम्मेलनमा प्रसाईले मेडिकल कलेजका लागि आफूले सम्पूर्ण प्रक्रिया पूरा गरेको भए पनि सम्बन्धन नपाउनु दुखद भएको भन्दै अब न्यायका लागि सर्वोच्च अदालत समेत जाने बताए। उनले अदालतले आफूलाई न्याय दिने कुरामा पूर्ण विश्वस्त रहेको पनि जिकिर गरे ।
दुई वर्ष अघि नै सम्बन्धन पाएर सञ्चालन हुनुपर्ने कलेजले अहिलेसम्म सम्बन्धन नपाउँदा आफू करोडौं ऋणमा डुबेको समेत उनले जानकारी दिए । उता आयोगका उपाध्यक्ष गिरीले आफूले घुस मागेको कुरा सही नभएको बताउँदै आएका छन्।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल