सुन्तला सेवनका फाइदा
अहिले सुन्तलाको मौसम हो। सुन्तला स्वादका लागि मात्र नभएर स्वास्थ्यका दृष्टिले समेत राम्रो मानिन्छ। विभिन्न स्वास्थ्य समस्या दूर गर्न यसले प्रभावकारी भूमिका खेल्छ।
सुन्तलामा प्रशस्त पाइने साइट्राइट लिमोनोइड्सले फोक्सो, छाला, स्तन, पेट र मलाशयमा हुने क्यान्सरको जोखिम कम गर्छ।
यसले मुटु पनि स्वस्थ राख्छ। यसमा पाइने पोटासियम र इलेक्ट्रोलाइट मिनरलले मुटुको गतिविधिलाई सहज राख्न मद्दत गर्छ।
सुन्तलाले पिसाब अथवा मिर्गौलासम्बन्धी रोग निको पार्न सहयोग गर्छ। यसले कोलेस्ट्रोल सन्तुलनमा राख्छ।
यसमा पाइने फाइबरको मात्राले पाचन प्रणाली बलियो बनाउन मद्दत गर्छ । दैनिक खाँदा कब्जियतबाट मुक्ति दलिाउँछ।
यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । थकाइ लागेका वेला सुन्तला खाँदा तत्काल आराम महसुस हुन्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य