घरमै पुगेर ज्येष्ठ नागरिककाे उपचार
धनकुटा : शहीदभूमि गाउँपालिकाले ८५ वर्षमाथिका नागरिकलाई घरमै पुगेर स्वास्थ्य जाँच र औषधि वितरण गर्न थालेको छ।
जेष्ठ नागरिकप्रति स्थानीय तहको दायित्व कार्यक्रमअन्तर्गत गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित पुगेको चिकित्सकको टोली ज्येष्ठ नागरिकको उपचार गर्न थालेको हो। १७० जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गरेको गाउँपालिका अध्यक्ष मनोज राईले बताए।
बढ्दो उमेर र शारीरिक अशक्तताका कारण ज्येष्ठ नागरिक स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने भएकाले घरमै उपचार गर्ने चालू आर्थिक वर्षको योजनामा कार्यक्रम नै राखिएको अध्यक्ष राईले बताए।
विकट मानिने शहीदभूमि गाउँपालिकाका अधिकांश सर्वसाधारण स्वास्थ्य चौकीसम्म पुग्न सक्दैनन्। जेष्ठ नागरिकको शारीरिक अवस्थाले साथ नदिने भएका कारण उनीहरू रहेकै ठाउँमा उपचार गर्न पुगेको अध्यक्ष राईले बताए।
जेष्ठ नागरिकलाई औषधिसँगै चिसोबाट बच्न एकथान ब्ल्यांकेट पनि वितरण गरेकाे गाउँपालिकाले जनाएकाे छ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै