‘चिकित्सकले सही प्रतिवेदन नलेख्दा गम्भीर घटनाका दोषीले उन्मुक्ति पाए’
भद्रपुर : महान्यायधिवक्ता अग्निप्रसाद खरेलले चिकित्सकले सही प्रतिवेदन नलेखिदिँदा गम्भीर प्रकृतिका घटनाका दोषीले उन्मुक्ति पाउने गरेको बताएका छन्।
झापाको बिर्तामोडमा आइतबार जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला सरकारी वकिलको कार्यालयले आयोजना गरेको ‘कानुनी चिकित्सा र विद्यमान कानुनी व्यवस्थाबारेमा सरोकार पक्षसँगको अन्तरक्रियामा महाान्याधिवक्ता खरेलले घटनाको प्रकृतिको राम्रो अध्ययन र प्रयोगशाला जाँच गरेर प्रतिवेदन नदिँदा अपराधीले उन्मुक्ति पाउने गरेको बताएका हुन्।
‘जुन घटनाका लागि टेस्ट गर्न पठाइएको हो त्यसको बारेमा राम्रो जाँच गरेर जे देखिन्छ त्यहीसर्वसाधारणले बुझ्ने अक्षरमा लेखिदिनुस्’, उनले आग्रह गरे। हत्या, बलात्कार, आत्महत्या जुनसुकै घटनाको परीक्षण गर्दा पनि यथार्थ प्रतिवेदन आए मात्र घटनाको सही पहिचान गरी कानुनअनुसार अभियुक्तलाई दण्ड दिन सकिने उनकाे भनाइ छ।
खरेलले सरकारी वकिल, अनुसन्धान गर्ने अधिकारी र प्रहरीले पनि घटनाको विवरणअनुसारको सही जाँचका लागि चिकित्सकलाई सिफारिस गर्न आग्रह गरे। उनले घटनालाई प्रभावित पार्ने खालको समाचार सम्प्रेषण नगर्न पनि पत्रकारलाई सुझाव दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण